Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक


बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ ।

जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक वितरण गरिएको उहाँले बताउनुभयो ।

“जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भन्नुभयो, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”

सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभिभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताउनुभयो । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गर्नुभएको थियो ।

 

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!