Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

बिरुवा उखालेर फाल्दा…


भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!