Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

गभर्नर एम. अधिकारीलाई अर्थतन्त्रको विषयमा  छातीमा हात राखेर सोच्न  सुवास चन्द्रको खुला पत्र


गभर्नर एम. अधिकारीलाई अर्थतन्त्रको विषयमा  छातीमा हात राखेर सोच्न  सुवासचन्द्रको खुला पत्र

प्रसिद्ध सेयर विष्लेषक सुवासचन्द्र भट्टराईले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई खुला पत्र लेखेका छन् ।
देशको कमजोर अर्थतन्त्रको विषयमा उनले गभर्नरलाई अर्थतन्त्र सुधारको लागि गम्भीर भएर सोच्न आग्रह गरेका छन् ।

सरकारको सार्वजनिक ऋण बढिरहेको बेलामा विश्लेषक भट्टराईले ठुला व्यापारी,  उध्योगी र लगानीकर्ताहरुको मर्म बुझ्न अनुरोध गर्दै ओरालो लागेको सेयर बजारलाई पुनर्जीवन दिन पत्रमा उल्लेख गरेको छ।

उनको खुला पत्र यस्तो छ।

गर्बनर महाप्रसाद अधिकारी ज्यु लाई खुल्ला पत्र

महोदय,

तपाईंलाई अर्थमन्त्रीले बोलाएर उनी आफ्नो कक्षमा आफ्ना पाटीका कार्यकर्ता संग १/२ घण्टा रमाए होलान। तपाईंले कुर्नु पर्यो होला। ( कुर्दा खेरी मनमा अनेक बिचारहरु उब्जे होलान…. अर्थ को बिषयमा म माननिय मन्त्री भन्दा जानेबुझेको ब्याक्ती हु। प्रोटोकल ले मात्र अर्थमन्त्री माथी छन। अर्थिक ज्ञान मा त म माथी छु। उनका हाउरेभौरे सग बसेर गफिने मलाई तल कुर्न लगाउने) ……

सरकार लाई मैले किन सहयोग गर्ने! स्वायत निकाय हो रास्ट्र बैंक .. भनेर नीति ( चेपुवा ) लगाएर सरकारलाई असहयोग गर्नु भो। सरकारका मन्त्रीलाई लाग्यो होला … सरकार बद्लिने साथ अर्थतन्त्र कसरी बिग्यो? CCD ratio लाई किन CD मा बदलेको ? पूरा पुजीलाई चलाएमान गर्न को साटो किन संकुचित गरेको ? सरकारलाई असहयोग गर्ने? भनेर सरकारले अपथस्थ गर्यो। अदालतले तपाईंलाई जिताईदियो।

जित्नुको अर्थ साडे बन्नु होइन! कर्तव्य निबारण गर्नु हो।

साच्चै भन्नू हो भने ! मुटुमा हात राखेर आफैलाई प्रस्न गर्नुहोस् । सरकारलाई असह्योयोग गरेपनी जनतालाई सहयोग त गर्नु पर्यो? ब्यापारी , उध्योगी , लगानीकर्ता को मर्म अनि अर्थतन्त्र चलाएमान गरि देश को लागि के के गर्नु हुदैछ। राजनैतिक नेता र उच्च पदस्थ कर्मचारी बाहेक सबै दुःखि छन यो बेला

महाप्रसाद को अर्थ चाहिँ धार्मिक हिसाब ले प्रसाद को पनि राजा …अमृत तुल्य हो। Business chain भत्किदा को परिणाम कसैले सोचेकै छैन! कोहि बाकि रहदैन!

यो आर्थिक मन्दीलाई पार लगाउने निकाय रास्ट्र बैंक नै।

depression मा गएको सारा बजार ( सेयर बजार भनेको होईन ) पुनर्जीवन दिन हार्दिक अनुरोध गर्दछु।

उहीँ तपाईंको प्यारो लगानीकर्ता

झापाली सुबास.

 

 


क्याटेगोरी : अर्थ, शेयरबजार, राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!