Techie IT
  • ११ मंसीर २०८१, मंगलबार
Nepal Gyan

फिर्ता भयो मूल्यवृद्धि, पुरानै मूल्यसुची कायम


सरकारले आजबाट लागू हुनेगरी गरिएको मूल्यवृद्धि फिर्ता गरेको छ।
सरकारले हिजो पेट्रोलियम पदार्थ तथा इन्धनलगायतको मूल्य वृद्धि भएको मूल्यसुची सार्वजनिक गरेको थियो।

सरकारले चाडबाड नजिकिदै गर्दा पेट्रोलियम पदार्थ र इन्धनलगायतको मूल्य बढाएर जनतालाई दुख दिएको भन्दै सर्वत्र विरोध भएपछी आज बसेको मन्त्रीपरिषदको निर्णयले पुरानै मूल्यसुची कायम रहने स्वागतयोग्य निर्णय गरेको छ।

सरकारले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढेर आएको भन्दै पेट्रोल, मट्टीतेल , डिजेल तथा खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको थियो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा/ मट्टीतेल प्रतिलिटर रु. २.००, डिजेल प्रतिलिटर रु. ६.०० तथा हवाइ इन्धन( आन्तरिक) मा रु. ८.०० र खाना पकाउने एल. पी.ग्यासमा रु. २१५.०० ले वृद्धि गरिएको थियो।

प्रत्येक १५ दिनमा मूल्यसूची परिवर्तन भएर आउने पेट्रोलियम पदार्थ र इन्धनको मूल्यमा पछिल्लो समय थप वृद्धि हुँदै गएको छ। नेपालीहरुको महान चाड बडा दशैं नजिकिदै गर्दा खाद्यान्न लगायत थुप्रै वस्तुहरुको मूल्य दिनानुदिन बढ्दै गएको छ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!