Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

मलेसियाका पूर्वप्रधानमन्त्री १२ वर्षका लागि जेल चलान


क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ ।

सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो । उच्च अदालतले उहाँको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो ।

उहाँलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुट्नु भएको थियो । उहाँमाथिको दण्ड ढिलाई गर्न रजकले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको हो । आफूले कुनै गलत कार्य नगरेको उहाँले निरन्तर बताउँदै आउनुभएकाे थियाे ।

सन् २०२० मा एक अदालतले रजकलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उहाँको व्यक्तिगत खातामा पठाइएको थियो। एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो।

नजिबका वकिलहरूले उहाँका निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए।

नजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र करछलीको आरोप लागेको छ । उहाँले आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ । उहाँको मुद्दामा उच्च अदालतले आगामी सेप्टेम्बर १ मा फैसला सुनाउँदै छ ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!