Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा


पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६-५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।

त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनल खेलमा आजै साँझ ५.३० बजे हुने नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।

 

काठमाडौँ, १० असोज :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!