Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण


ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरो पीडित ६५ घरपरिवारलाई आज एक कार्यक्रमका बीच उक्त आवास कक्ष हस्तान्तरण गरिएको हो ।

गत साउन ७ गतेदेखि सुरु गरी दुई महिनामा अस्थायी आवास निर्माण सम्पन्न गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । पालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्तरुपमा आवास कक्ष  हस्तान्तरण गरेका छन् ।

वडा नं ४ ओदकका ६२, ताम्राङका दुई र वडा नं ३ का एक परिवार गरी अस्थायी एकिकृत आवास स्थलमा ६५ परिवार रहेका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई लिम्बू समुदायका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास स्थल निर्माणका लागि दातृ निकाय, विभिन्न संस्था तथा व्यक्तिमार्फत रू ५५ लाख ९२ हजार सात सय ७० सहयोग प्राप्त भएको थियो । “टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यमार्फत श्रमदानसहित रू ६८ लाख एक हजार र गाउँपालिकाका तर्फबाट रू २६ लाख ६० हजार १७ गरी कूल एक करोड ५० लाख ५३ हजारसात सय ८७ मा आवास निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि रू दुई लाख ३१ हजार पाँच सय ९६ का दरले खर्च भएको पालिकाले जनाएको छ । आवास स्थलमा पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६, आठ जनासम्म सदस्य भएकाका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि छ वटा अस्थायी घर बनेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँका अनुसार ३६ शौचालय र १८ धारा निर्माण गरिएका छन् ।

गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार प्रकट गरेको छ । गत असार २ गतेदेखि आएको अविरल बर्षापछि गएको बाढीपहिरोका कारण ताप्लेजुङका अधिकांस पालिकामा क्षति पुगेको थियो ।

 

फुङ्लिङ (ताप्लेजुङ), ८ असोज :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!