Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मस्त सुतेर सडकमा आन्दोलन गर्दै राहत शिक्षक


प्रस्तावित शिक्षा विधयेकविरुद्दको शिक्षकहरुको आन्दोलन अहिले पनि भइरहेको छ।
नेपाल सरकार र शिक्षक महासंघबीच सहमती भइसकेको भएपनी राहत शिक्षकहरुले भने आन्दोलन जारी राखेका छन् ।

सरकारले अरु शिक्षकहरुको माग सम्बोधन गरेपनी राहत शिक्षकहरुको मागलाई वास्ता नगरेकोले आन्दोलन नरोकेको उनिहरुको भनाई छ। अहिले काठमाडौंको बबरमहल सडकमा शिक्षकहरुले सुतेर आन्दोलन गरिरहेका छन्

राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले प्रदर्शनको नयाँ स्वरूप अपनाएका हुन्।

गत शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो। यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।

गत ३ गतेदेखी विभिन्न माग राख्दै सडकमा आएका शिक्षकहरुले अझैपनि राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। पेन्सनबाट बञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन्।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!