Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

क्रीकेट टिमले पाएनन् सरकारको पुरस्कार, भन्छन् आशावादी छौं


नेपाली राष्ट्रिय क्रीकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभिन्न प्रतियोगितामा जित हासिल गर्दा सरकारले घोषणा गरेको पुरस्कारको रकम अहिलेसम्म नपाएको बताएका छन् ।

एसियायी खेलकुदमा भाग लिन आइतबार चीन प्रस्थान गर्नुअघी सन्चारकर्मीसङ्ग कुरा गर्दै उनले सरकारबाट घोषणा भएको पुरस्कार रकम पाउनेमा आशावादी रहेको उल्लेख गरे।
एसियाली खेलकुदको लागि आफ्नो टोलीको राम्रो तयारी रहेको र खेलमा मेडल जित्ने लक्ष्य रहेको उनको भनाइ छ। उनले भने, ` हामी सबैले राम्रो तयारी गरेका छौं, एसियाली खेलकुद खेल्न जाँदै गर्दा हामी उत्साहित छौं ।´

“तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिनयता हामी अभ्यासमा नै व्यस्त छौँ । एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टी–२० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टी–२० क्वालिफायरभन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ । निकै महत्त्वपूर्ण हुनेछ,” उनले भने, “वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टी–२० मा जानुपर्नेछ । हामी टी–२० का लागि रेडी छौँ । ललित (ललित राजवंशी) लाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टी–२० मा डेथ ओभर एकदमै महत्त्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मिहिनेत गरिरहेका छौँ । ग्रासरुटदेखिका गेमहरू हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कतिपटक भनिसकेका छौँ, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ, के हुन्छ ।”


क्याटेगोरी : खेलकूद, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!