Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

त्रिभुवन विमानस्थल वरपर चङ्गा , बेलून र ड्रोन उडाए कार्वाही हुने।


नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुनलगायतका कुराहरु नउडाउन आग्रह गरेको छ।

त्रिभुवन विमानस्थल कार्यालयले शुक्रबार सुचना जारी गर्दै विगतमा विमानस्थल वरपर चङ्गा , ड्रोन , बेलुनजस्ता कुराहरु उडाउने गरेको पाइएको र जस्ले गर्दा सुरक्षा खतरा बढेको भन्दै त्यसो नगर्न अनुरोध गरेको हो।

`चङ्गा , बेलून , ड्रोन उडाउने तथा लेजर लाइटले विमानको उडान  सुरक्षामा खतरा पर्नसक्ने भन्दै यस किसिमको गतिविधि नगर्न नगराउन सचेत गराउदछु।´ सुचनामा भनिएको छ।

साथै सुचनाको बेवास्ता गरेर त्यस किसिमको कार्य गरेको पाइएमा कानून अनुसार कार्वाही गरिने समेत विमानस्थल कार्यालयले जनाएको छ।


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!