Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

सन्दीप मुद्दाको आज हुने अन्तिम सुनुवाइ पनि स्थगित


बलात्कारको आरोप लागेका क्रीकेटर सन्दीप लामिछानेको मुद्दामा  आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ।
जिल्ला अदालतमा काठमाडौंमा सो मुद्दामा अन्तिम सुनुवाइको लागि आज पेसी तोकिएकोमा न्यायाधीश अभाव भन्दै आजको सुनुवाइ स्थगन भएको हो । यसअघि पनि न्यायाधीश बिदामा बसेको भन्दै उनको सुनुवाइ हुन सकेको थिएन ।

बलात्कार मुद्दाको सुनुवाईको अन्तिम चरणमा पुगेको महिनौं बित्दापनी अन्तिम फैसला हुन ढिलो भइरहेको छ। आफुविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुने भएपछी चीन जाने टोलीको बिदाइ कार्यक्रममा सन्दीप सहभागी थिएनन् । यद्यपि अन्तिम सुनुवाइ नहुने भएपछी उनको चीनको यात्रा के हुने भन्ने अन्योलमा छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!