Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

शेर्पा पर्यटन व्यवसायी संघले गर्यो पाँचौ बार्षिक साधारण सभा


शेर्पा पर्यटन व्यवसायी संघ नेपालको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रवार काठमाडौंको बौद्ध  सिमलटारस्थित होटेल सिद्दार्थमा एक  कार्यक्रमका बीच  संस्थाले साधारण सभा सम्पन्न गरेको हो।

बागमती प्रदेशका पूर्व मन्त्री ङिमा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  आदिवासी जनजाती महासंघका अध्यक्ष तथा शेर्पा संघका अध्यक्ष गेल्जे लामा तथा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहितका दर्जनौ अतिथिहरु सहभागी भएका छन् ।

स्थापनाकालदेखी नै पर्यटन क्षेत्रमा आवद्द शेर्पा समुदायको हकहित, पर्यटन क्षेत्रका समस्या र चुनौतीबारे सरकारको ध्यानाकर्षण गराउदै आएको संघले  पर्यटनसङ्ग सम्बन्धित तथा समुदायलक्षित थुप्रै कार्यक्रम र तालिमहरुको आयोजना गर्दै आफ्नो पाँचौ बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको हो।
कार्यक्रमको अवसर पारेर संघले पर्यटन क्षेत्रमा कलम चलाउने ४ पत्रकारहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा राईजिङ नेपालका बलराम मणि दाहाल, द हिमालयन टाईमका राजन पोखरेल , करपोरेट नेपालका फुर्वा शेर्पा र गोरखापत्र अनलाइनका छेटु शेर्पा हुनुहुन्छ।

कार्यक्रममा आफ्ना भनाइहरु राख्दै प्रमुख अतिथि ङिमा लामाले पर्यटन क्षेत्र देशको प्रमुख आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ। उनले पर्यटन क्षेत्रले नै देशका आर्थिक गतिविधिहरु बढाएको र प्रत्यक्ष अप्रत्यक्षरुपमा लाखौ मानिस पर्यटनसङ्ग जोडिएको भन्दै यस क्षेत्रलाई अझ सबलीकरण गर्दै जानू उचित हुने बताउनुभयो।

त्यसैगरी नेपाल माउन्टेन एकेडेमीका पूर्व अध्यक्ष ल्हाक्पा फुटी शेर्पाले पर्यटनको हित र अधिकारका लागि खोलिएका संघसंस्थाहरुमा आफुहरुले  निस्वार्थ अगाडि बढाएर एउटा तहसम्म पुर्याएको भएपनी पछिल्लो समय राजनितीकरण गरि त्यसको छवि बिगार्ने काम भएको आरोप लगाउनुभएको छ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे शेर्पा लामाले शेर्पा समुदाय पर्यटन क्षेत्र अग्रज समुदाय भएको बताएका छन् । उनले भने, ` पर्यटन क्षेत्रमा थुप्रै सम्भावना छ र समस्या पनि छन् । तर सरकारले ती समस्याहरु देख्न सकेका छैनन्। पर्यटन क्षेत्रका सबै समस्याहरु सुनुवाइ हुन नसकेकै कारण हिमाल चढ्ने थुप्रै शेर्पा युवा अहिले बिदेश पलायन हुँदै छ। ´

एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले पर्यटन, जलस्रोत र कृषि नै देश समृद्दिको प्रमुख आधार भएको भन्दै त्यस क्षेत्रलाई महत्त्वपूर्णरुपमा हेरिनुपर्ने बताउनुभयो। उनले भने, `पर्यटन क्षेत्रलाई बिस्तारै युवामाझमा हस्तान्तरण हुनुपर्छ। बुवा बाजेको पेसालाई नयाँ पुस्तामा हस्तान्तरण गराउन सकेमात्र आधुनिक पर्यटनको अवधारणाबारे ज्ञान हुन्छ। पर्यटन क्षेत्र व्यापक छ त्यस्को ज्ञान अहिलेको पुस्तालाई भयो भनेमात्र पर्यटनमा युवाको सहभागिता बढ्छ। अनिमात्र नयाँ पुस्ताले पर्यटनलाई बुझ्छन् । पर्यटनमा यति धेरै सम्भावना भएर पनि युवा नहुनु चिन्ताको विषय हो।´

कार्यक्रममा संघले आजिवन सदस्य बन्नुभएका सदस्यहरुलाई पनि सम्मान गरेको थियो। कार्यक्रममा सहभागी भएका बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, खिजिदेम्बा गाउँपालिकाका प्रमुख गम्बु शेर्पा लगायतले थुप्रैले शुभकामना दिनुभएको छ


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!