Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

आन्दोलन अवधिभर डेढ लाख शिक्षक सडकमा उतार्ने महासंघको तयारी


प्रस्तावित शिक्षा विधयेकविरुद्द आन्दोलनमा उत्रिएका शिक्षकहरुको संख्या दिनानुदिन बढ्दो छ। गएको ३ दिन देखि विभिन्न माग राख्दै ७७ जिल्लाबाट हजारौ शिक्षकहरु काठमाडौंको माइतीघर – बानेश्वर सडकमा आन्दोलन गरिरहेका छन् ।

प्रस्तावित शिक्षा विधयेक आफुहरुको हकहितको लागि भन्दापनी शिक्षकहरुको हक अधिकारलाई कुण्ठित गर्न लागि बनाएको र त्यसलाई ऐनको रुपमा अगाडी सार्दा  हजारौं शिक्षकहरुको पेसागत सुरक्षामा ठूलो चुनौती आउने भन्दै नेपाल शिक्षक महासंघले थप शिक्षक तथा कर्मचारीहरु आन्दोलनका लागि काठमाडौं आउन लागेको बताएका छन् ।

हालसम्मको आन्दोलनमा करिव ७० हजार बढी शिक्षकहरु काठमाडौंको सडकमा उतारेर आन्दोलन गरिरहेको महासंघको दाबी छ। आन्दोलनको अवधीभरि  १ लाख ५० हजार शिक्षक सडकमा उतार्ने महासंघ  महासचिव लक्ष्मीकोशोर सुवेदीले बताए।

उनका अनुसार विगतमा सरकारले आफुहरुसङ्ग विभिन्न सहमती गरेको भएपनी अहिले विधयेक ल्याउनेबेलामा सहमतिलाई बेवास्ता गरेको उनको आरोप छ। सरकारले ल्याउन लागेको विधयेकले देशभरका हजारौं शिक्षकहरुको हक अधिकार खोसिने र शिक्षकहरुको पेसागत सुरक्षा नहुने भएकाले आफुहरु सो विधयेकविरुद्द सडकमा आउन बाध्य भएको उनको भनाई छ।

महासचिव सुवेदीले  सरकारकै कारण आफुहरु विद्द्यालय नै बन्द गरेर आन्दोलनमा आउनुपरेको भन्दै सरकारले शिक्षकहरुको माग पूरा गर्न अझै ढिलो गरे देशभरका विद्द्यार्थीहरुको पढाईमा ठूलो असर पर्ने उनको जिकिर छ।

यद्यपि शिक्षक महासंघ र सरकारपक्षबीच वार्ता गरेर समस्या समाधान गर्ने प्रयास भएपनी निष्कर्ष निस्कन नसक्दा शिक्षकहरु निरन्तर आन्दोलनमा छन् ।

 

 


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!