Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ


झोलामा ३२ थान मोबाइलसहित बाँकेको नेपालगन्ज विमान्स्थलबाट चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपालगन्जबाट काठमाडौं उड्न लागेका भारत मध्यप्रदेशका उनिहरुको साथमा ३२ थान मोबाइल बोकेको जिल्ला प्रहरी कार्यालय  बाँकीका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो। प्रहरीका अनुसार मोबाइलसहित पक्राउ पर्नेमा अमित सोलङ्कि, सचिव कुकरेजा, क्मल बन्सारी र अर्का अमित रहेका छन् ।विमानस्थलमा प्रहरीले  सामान जाँच  गर्ने क्रममा सो मोबाइलहरु  भेटेको हो।

उनिहरुले भने सेकेन्ड ह्यान्ड मोबाइल मर्मत गर्नुपर्ने भएकोले काठमाडौं लान लागेको जिकिर गरेका छन् ।
प्रहरीले उनिहरुको साथबाट भिभो, अप्पो, रेड्मी, साम्सङ लगायतका कम्पनीको मोबाइल बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई भन्सार पठाउन तयारी गरेको छ।

 

नेपालगन्ज (बाँके),

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!