Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

महानगरले थाल्यो विद्द्यालय अनुगमन,विद्द्यालय बन्द गरेको पाइए कार्वाही हुने


काठमाडौं महानगरका उपमेयरसहितको टोली विद्द्यालय अनुगमनमा निस्केको छ। बिहिवार महानगरभित्रका विद्द्यालयहरुमा पढाइ भएको छ छैन भनी बुझ्न उपमेयर सुनिता डंगोलसहितको टोली अनुगमनमा निस्केको हो।

प्रस्तावित शिक्षा विधयेकविरुद्द आपत्ति  जनाउदै देशभरका सरकारी शिक्षकहरुले विद्द्यालयमा पठनपाठन नै बन्द गरेर बुधबारबाट  आन्दोलन गर्दै  आइरहेका छन् । काठमाडौं महानगरले आन्दोलनको नाममा महानगरभित्रका कुनैपनी विद्यालय बन्द नगर्न र  विद्द्यालय बन्द गरेर आन्दोलनमा सहभागी भए त्यस्ता शिक्षकहरुलाई नियमाअनुसार कार्वाही गर्ने महानगरले  भनेका छन् ।

यद्यपि महानगरको सुचनालाई समेत अवज्ञा गर्दै हाल हजारौं शिक्षकहरु माइतीघर मन्डलामा आन्दोलित छन् । सोही क्रममा महानगरले आफ्नो क्षेत्रभित्रका  विद्द्यालयहरु बन्द भए नभएको भनी अनुगमन थालिएको हो। अनुगमनको क्रममा विद्द्यालय बन्द भई पठनपाठन नभएको पाइएमा कार्वाही हुने अनुगमन टोलीका  एक अधिकारीले बताए।

अनुगमनको क्रममा महानगरभित्रका कुनैपनि विद्द्यालका शिक्षकहरु आन्दोलनमा सहभागी भएको या गयल भएको पाइएमा त्यस्ता शिक्षकहरुको तलब क टौती गर्ने  हुनेछ।
बिहीवार सरकारपक्ष र आन्दोलित शिक्षक प्रतिनिधिबीच भएको वार्तामा निष्कर्ष निस्कन सकेन । वार्ता निष्कर्षविहिन भएपछी पुनः शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् ।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!