आन्दोलनको नाममा विद्द्यालय बन्द गर्नेलाई महानगरले कार्वाही गर्ने
काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनको नाममा विद्द्यालय बन्द गरे कार्वाही गर्ने भएको छ।
प्रस्तावित विद्द्यालय शिक्षा विधयेकप्रति असन्तुष्ट जनाउदै सरकारी विद्द्फ्यालयका शिक्षकहरुले असोज ३ गतेबाट विद्द्यालय बन्द गरेर आन्दोलन गर्ने तयारी गरेको छ । यद्यपि महानगरले भने विद्यालय बन्द गरेर आन्दोलनमा जाने कुरा स्वीकार्य नहुने बताएका छन् ।
महानगरका प्रवक्ता नवीन महर्जनले प्रस्तावित शिक्षा विध्येकमा महानगर पनि असहमत रहेको तर त्यस्को लागि विद्यालय नै बन्द गरेर आन्दोलनमा जानू उचित नहुने बताएका छन् । उनले भने, `ऐनमा रहेको फरक मत हामी पनि उठाउँछौ ।विद्द्यालय बन्द गरेर त्यस्को निकास आउँदैन। विद्यार्थीहरुको पठनपाठन प्रभावित नहोस् ।´
कुनैपनी सरकारी विद्द्यालयका प्रधानाध्यापक र शिक्षकहरुले आन्दोलन भनेर विद्यालयमा हाजिर नभएको भेटीए कार्वाही हुनेछ। शिक्षकहरुले तोकिएको आचरण विपरित गरे महानगर कार्वाही गर्न बाध्य हुने महर्जनले बताए।
हामी भोलि विद्यालय अनुगमन गर्छौ , ` विद्द्यालय बन्द गरि पढाइ नभएको पाइएमा दोषीहरुमाथी कार्वाही हुन्छ।´
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज
प्रतिक्रिया