Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मुआब्जा दिन नसक्दा दैनिक ८ करोड क्षति बेहोर्दै सरकार


किमाथांका ( संखुवासभा)   :संखुवासभामा निर्माणाधीन ९०० मेघावाट क्षमताको जलविद्युत परियोजनाको काम ठप्प भएको छ।
विशेषगरि अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी- दिदिङ पुकुवा सडकखण्डको  मुआब्जा माग गर्दै स्थानीयहरुले  झन्डै ३ सातादेखि काम ठप्प पारेका हुन् ।
स्थानीयले अवरोध गरेपछी अहिले जलविद्युतको विद्द्युतगृहको काम ठप्प छ

अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले आफुहरुको माग सुनुवाइ नगरेकोले आन्दोलनमा उत्रिनुपरेको  बताउनुभएको छ।
स्थानीयहरुले अरुण जलविद्द्युत  प्रवेशमार्गको  छ्याङ्कुटी – दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै छन् ।
छ्याङ्कुटीबाट पुखुवासम्म जम्मा ४ सय ५४ रोपनी जग्गाको मुआव्जा  पाउन बाँकी छ। मुआब्जा रकम जिल्ला प्रशास्न कार्यालयको खातामा नआएसम्म अन्दोलन जारी राख्ने पीडितह्क्रुले बताएका छन् ।

अरुण तेस्रो निर्माण गरिरहेका भारत  सतलज जलविद्युत निगमसंगको आयोजना विकास सम्झौता ( पीडिए) मा स्थानीहरुको अवरोधका कारण काम रोकिए दैनिक  रु. ८ करोड  क्षतिपूर्ति सरकारले बेहोर्नुपर्ने शर्त उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयमा गठन भएको  `छुट मुआब्जा निर्धारण समिति ´ ले गत बैशाख  ६ गते छ्याङ्कुटी -पुखुवा सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको भएपनी  हालसम्म प्रभावितले मुआब्जा पाएका छैनन्।
सो आयोजना सम्पन्न भएपछी नेपालले ९७ मेघावाट विद्द्युत नि:शुल्क बाल्न  पाउने भनेका छन् । सो आयोजनाको लागि जम्मा १ खर्व १५ अर्व रुपैयाँँ  लाग्ने अनुमान गरिएको छ। आयोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी  मजदुर कार्यरत छन् ।


क्याटेगोरी : अर्थ, राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!