Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अनाथ बालबालिकाका लागि विद्यालय सञ्चालनको तयारी


कञ्चनपुरको बेदकोट नगरपालिका–६ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अनाथ तथा असहाय बालबालिकाको व्यवस्थापनका लागि यहाँ सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आवासीय विद्यालय सञ्चालनको तयारी छ ।

दुई वर्षअघि सोही विद्यालयलाई अनाथ बालबालिकाको शिक्षा, बसोबासलगायत व्यवस्थापन गर्न जिल्लामै पहिलो पटक ६ कोठे भवनसमेत बनाएर हस्तान्तरण गरिए पनि अनाथ बालबालिका विद्यालयको सम्पर्कमा धेरै सङ्ख्यामा आइरहेका छन् । महेन्द्रनगरस्थित सामाजिक विकास कार्यालयका प्रमुख धर्मराज जोशीले अनाथ बालबालिकालाई आवाससहितको सुविधा दिन प्रदेश सरकारले विद्यालय सञ्चालनका लागि गत आर्थिक वर्ष रु १५ लाख विनियोजन गरे पनि बालबालिका नआउँदा रकम फ्रिज भएको बताउनुभयो ।

“प्रदेश सरकारले हरेक जिल्लामा एउटा अनाथ बालबालिकाले शिक्षाका लागि आवासीय विद्यालय सञ्चालन र व्यवस्थापन गर्ने क्रममा यहाँ भुवनेश्वरी माविमा गरिएको हो”, प्रमुख जोशीले भन्नुभयो, “भवन बनेपछि सार्वजिनक रुपमा अनाथ बालबालिकालाई त्यहाँ आश्रयका लागि राख्न प्रचारप्रसार ग¥याँै तर सम्पर्कमा आएनन् ।”

सामाजिक विकास कार्यालयले महेन्द्रनगरस्थित लामो समयदेखि सञ्चालनमा रहेको महाकाली बाल अञ्चल अनाथालयका बालबालिकाहरुलाई प्रदेश सरकारले सञ्चालन गरेको नयाँ आवासीय विद्यालयमा राख्न चाहे पनि त्यो सकिएको छैन । “कार्यविधिअनुसार त्यो रकम अञ्चल बाल अनाथालयमा दिन मिल्दैन्”, उहाँले भन्नुभयो, “यहाँ भएका बालबालिकाहरुलाई त्यहाँ लगेर शिक्षादीक्षा दिएर आवासमै राख्ने प्रयास हुँदा विरोधका स्वरहरु बाहिर आएपछि रोकियो ।”

विभिन्न निकाय र दाताको सहयोगमा चलिरहेको अञ्चल बाल अनाथालयमा हाल २५ बालबालिका आश्रित छन् । “प्रदेश सरकारको अनुदान र सहुलियत भुवनेश्वरीमा छ तर बालबालिका अञ्चल बाल अनाथालयमा भए”, उहाँले भन्नुभयो, “यसको व्यवस्थापन र नौवटै पालिकाबाट अनाथ बालबालिका ल्याउने विषयमा जिल्ला समन्वय समितिसित पनि पहल भइरहेको छ ।”

भुवनेश्वरी माविको आवासीय विद्यालयमा अहिले तीन÷चार अनाथ बालबालिका सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई अध्यापन र व्यवस्थापन गरेबापत प्रतिविद्यार्थी रु चार हजार पाँच सय दिने भनिएको छ”, जोशीले भन्नुभयो, “यस वर्ष जसरी पनि सञ्चालन गर्ने गरी अघि बढेका छौँ ।”

त्यसैगरी भुवनेश्वरी माविका प्रधानाध्यापक कर्ण दौल्यालले अनाथ तथा असहायक बालबालिकाका लागि बनाइएको आवासीय विद्यालय सञ्चालनका लागि छात्रावास वार्डेन, भान्से र सहायकस्तरको कर्मचारी आवश्यक भएको बताउनुभयो । “अनाथ बालबालिका नआएकाले सो भवनमा अहिले १८ दृष्टिविहीन बालबालिकालाई स्रोत कक्षा सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “रु ७० लाख विनियोजन भएर भवन त बन्यो तर अनाथ तथा असहाय बालबालिका राख्ने वातावरण र सञ्चालन गर्ने भूमिमा सबैको सहयोग चाहिन्छ ।”

सामाजिक विकास कार्यालय कञ्चनपुरले सामाजिक विकासतर्फ गत आर्थिक वर्षमा आमा÷बुबाविहीन ९० बालबालिकालाई अनुदान रकमसमेत प्रदान गरेको छ । सामाजिक विकास कार्यालयले यहाँका नौवटै पालिकाका सामुदायिक विद्यालय भवन निर्माण एवं स्तरोन्नति, विभिन्न तालिम प्रशिक्षण तथा शैक्षिक सामग्रीका लागिसमेत दर्जनौँ विद्यालयलाई अनुदानसमेत गरेको जनाएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!