Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

अनाथालयलाई सहयोग हुन्छ : मन्त्री आचार्य


महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मामाघर अनाथालयलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गोदावरी–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवणको अवसरमा  अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

अनाथालयको उद्घाटन गर्दै उहाँले गोदावरी नगरपालिका–३ र १४ वडा अध्यक्षहरुलाई पनि अनाथालयलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले महायज्ञमा अनाथालयका लागि रु १० हजार दान गर्नुभयो । हिन्दू धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको र सनातन धर्म जोगाउनु अतिआवश्यक भएको उहाँको भनाइ छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!