Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु


नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो ।  बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उहाँको भदौ ७ गते मृत्यु भएको हो ।

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।

जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताउनुभयो ।  देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

यहाँक दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत सङ्कलन गरिँदै छ  । साथै उक्त स्थान वरपर स्वाथ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ ।

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँको भनाइ छ । उहाँका अनुसार यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन् ।

अबको केही महिना  जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पु¥याउनुपर्ने कार्यालय प्रमुख चापागाँईले बताउनुभयो । सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!