Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

गलत ठाउँबाट लेन काट्ने मोटरसाइकल चालकको खोजी गर्दै नेपाल प्रहरी


काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आइतबार बा३ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो। गलत लेनबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस आफै पल्टिएर दुर्घटना भएको छ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी कार्यालय सिनामंगलमा कार्यरत २५ बर्षीय उषा कार्की र सर्लाहीका २१ बर्षीय राज भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो।

१४ जना मानिस एकैपटक घाइते हुनेगरी भएको सो दुर्घटना गलत लेनबाट सडक काट्दै गरेको मोटरसाइकललाई बस चालकले बचाउन खोज्दा बस अनियन्त्रित भई पल्टिएर विपरित दिशाबाट आउदै गरेको बोलेरो र एक मोटरसाइकल र एक स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ भने गलत लेनबाट सडक पार गर्ने मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ।


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!