Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

विद्द्यालय बन्द गरेर नेपाल भारतबीचको खेल हेर्ने उपमहानगरपालिकाको निर्णय


नेपाल र भारतबीच हुन लागेको ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले सुचना जारी गर्दै सोमबार २ बजेपछि कुनै पनि कक्षा सन्चालन नगर्न सबै सामुदायिक तथा संस्थागत विद्द्यालयलाई आह्वान गरेको छ।

`जनकपुर उपमहानगरपालिका अन्तर्गतको राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण,विद्यार्थीहरुमा खेलको भावना र नेपाल भारतबीच हुन लागेको खेलमा नेपालले गौरवान्वित महसुस गरेकोले नेपाली टिमलाई हौसला दिनको लागि कक्षा सन्चालन नगरी बिदा दिइएको हो´ सुचनामा उल्लेख छ।

एसिया कप अन्तर्गत आज दिउसो ३:४५ बजे नेपाल र भारतबीच खेल हुँदैछ। खेल श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा हुँदैछ।


क्याटेगोरी : खेलकूद, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!