Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

शेर्पा कलाकार संघ र शेर्पा चलचित्र संघले आयोजना गरेको चौतारी नाटक तालिम सम्पन्न


शेर्पा कलाकार संघ र शेर्पा चलचित्र संघले संयुक्त रुपमा आयोजना गरेको १५ दिने चौतारी नाटक तालिम सप्पन्न भएको छ।

हिजो नेपाल संघको केन्द्रिय कार्यलयमा एक कार्यक्रम आयोजना गरि सो तालिम सम्पन्न भएको हो। कार्यक्रमको समापनको अवसर पारेर तालिममा सहभागी प्रशिक्षाथीहरुले नाटक समेत प्रस्तुत गरेका थिए।

शेर्पा जातिहरुको भाषा, कला, संस्कृति र पहिचानलाई जीवित राख्न र कलाकारितामा भविष्य खोज्ने शेर्पा युवाहरुलाई लक्षित गरेर तालिम आयोजना गरेको हो।
चौतारी नाटक कलाकारितामा प्रवेश गर्ने पहिलो चरण पनि हो।

कार्यक्रममा प्रमुख आतिथ्य एसियन ट्रेक्सका सन्चालक तथा समाजसेवी आङ छिरिङ शेर्पाले गर्नुभएको थियो भने अन्य थुप्रै विशिष्ट अतिथिहरुसमेतको सहभागीतामा भब्यताका साथ सम्पन्न भएको छ।

शेर्पा कलाकार संघ र शेर्पा चलचित्र स्संघले शेर्पा समुदाय लक्षित विभिन्न कार्यक्रम गर्दै आईरहेको भएतापनि चौतारी नाटक तालिम भने पहिलोपटक हो। तालिममा मण्डला थिएटरका प्रशिक्षक पासाङ ल्हामु शेर्पाले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको छ।

चौतारी नाटक समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले सो कार्यक्रममा सहभागी दर्शक र अतिथिहरुले जीवनमा भोगेका फरक फरक कथाहरुलाई नाटकको रुपमा प्रस्तुत गरेका थिए।

कार्यक्रमको बारेमा बोल्दै गायक दावा के. शेर्पाले शेर्पा समुदायमा कलाकारितामा भविष्य खोज्ने युवाको संख्या बढ्दै गएको तथा उचित प्रशिक्षण र अभिभाकत्वको अभावमा समुदायमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन नसकिरहेको बेला आफुहरुले सबै कलाकारहरुको सम्मान गदै चौतारी नाटकको माध्यमबाट लुकेका कलालाई प्रस्फुटन गर्ने वातावरण सिर्जना गरेको बताउनुएको छ।
उनले चौतारी नाटक कलाको एउटा अध्याय भएको तर समुदायमा नाटकको बारेमा थुप्रै मानिस हालसम्म पनि अनविज्ञ रहेको अवस्थामा यसखाले नाटकले सिंगो समुदायलाई नाटकको बारेमा थाहा पाउन र यस्कै माध्यमबाट आफुलाई प्रस्तुत गर्न सकिने बताउनुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि आङ्छिरिङ शेर्पाले शेर्पा समुदायमा यस किसिमको तालिम आयोजना हुनु खुसीको कुरा भएको बताउनुभएको छ। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ` हाम्रा भाषा, कला, सभ्यता, संस्कृति हाल लोप हुँदै गएको छ। यसलाई जोगाउन आ- आफ्नो तर्फबाट कसरी सकिन्छ काम गर्नुपर्छ। समुदायलक्षित यो चौतारी नाटक तालिम आयोजना गरेकोमा खुसी छु।´

चौतारी नाटक तालिममा अवसर पाउनु शेर्पा युवाहरुको लागि गर्वको कुरा हो। यस्ले निरंतरता पाउनुपर्छ र नाटकको माध्यमबाट आफू र समुदायलाई चिनाउनुपर्छ भने कुरालाई आत्मसात गर्दै दर्जनौ अग्रज व्यक्तीहरुले आर्थिक सहयोगसमेत गरेका छन् ।


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!