Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

नाम्चेबजारको शिरमा १३ करोडको बुद्दको मुर्ति बन्दै


सोलुखुम्बु जिल्लाको नाम्चेमा अहिलेसम्मकै ठूलो बुद्धको मुर्ति बन्ने भएको छ।

जिल्लाको खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा न. ५ मा पर्ने नाम्चेबजारको माथिल्लो ग्याङ्ला क्षेत्रमा १३ करोड लागतमा ५५ फिट अग्लो मूर्ती बन्न लागेको हो।

करिव ५३ रोपनी क्षेत्रफलमा बन्न लागेको सो पद्मसम्भवको मूर्ती निर्माणको शिलान्यास बिहिवार  एक कार्यक्रम गरि धर्मगुरु  क्याब्जे देफोक रिन्पोछेले गर्नुभएको छ।

विशेषगरि परम पूजनीय धर्मगुरु जेन्छ्योम तेङ्बोछे रिन्पोछेले आफ्नो महापरिनिर्माण हुनअघि  निकट भविष्यमा विश्वका मानिसहरुको भित्री र बाहिरी गुणको पतन हुने र भाग्यमा ह्रास आउने भविष्यवाणी गर्नुभएकोले खुम्बु क्षेत्रको मध्यभागमा अर्थात नाम्चेबजारमा पद्मसम्भवको मुर्ति बनाउन सुझाव दिनुभए अनुरुप स्थानीहरुले चन्दा संकलन गरि मुर्ति बनाउन लागिएको हो।

बर्सेनि दशौ हजार पर्यटक आउने  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नाम्चेबजारको पर्यटकीय सौन्दर्य थप बढाउन र त्यस क्षेत्रमा मानिसहरुको धार्मिक आस्था जगाउनका लागि समेत मद्दत पुग्ने उनिहरुको विश्वास छ।

निर्माण सुरु भएको ३ बर्षभित्र सम्पन्न हुनेगरी बन्न लागेको मुर्ति निर्माणको लागि बफर जोन र गाउँपालिकाले पनि सहयोग गर्ने छ।


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!