चीनले गलत कदम चालेको भन्दै बालेनले गरे चीनको भ्रमण स्थगित
काठमाडौं महानगरका मेयर बालेन शाहले चीनको भ्रमण स्थगित गरेका छन् ।
चीनले सोध्दै नसोधी नेपालको भूभाग भारतको देखाएर नेपालको संवेदनशीलतामाथी गलत कदम चालेको भन्दै चीनको औपचारिक भ्रमण स्थगित गरेका हुन् ।
उनले २०७७ साल जेठ ७ गते नै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्सा निकालिसकेको भन्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त नक्सा हटाएर पुरानो बुचो नक्सा राखेको भन्दै आपत्ति जनाएका छन् ।
चीनको औपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेका उनले चीनको सो कदमपछि आफुले नैतिकताको आधारमा सो भ्रमण स्थगित गरेको कुरा सामाजिक सन्जालमार्फत लेखेका छन् ।
मेयर शाहले नेपालको सार्वभौमिकता र स्वाधीनतालाई प्राथमिकतामा राखेर यसअघि पनि भारतीय चलचित्र आदीपुरुषमा राखिएको `जानकी भारतकी छोरी हुन् ´ भन्ने डाइलगलाई लिएर महानगरभित्र हिन्दी चलचित्र चल्न नदिनेसम्म निर्णय गरेका थिए।
उनले सो चलचित्रमा डाइलगलाई परिमार्जन गर्ने भनेकोमा नगरेपछी महानगरभित्र हिन्दी चलचित्र पर्दर्शनमा रोक लगाएको थियो।
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया