Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

एसिया कप क्रिकेट ः नेपालको उत्कृष्ट सुरुआत


एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १० ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान क्रिजमा रहेका छन् ।

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका हुन् । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए । त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गराएका हुन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।

काठमाडौँ, १३ भदौ :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!