Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

धरानमा २४ घण्टे निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले धरानका जनताहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै आज राती १२ बजेबाट लागू हुनेगरी भोली रातको १२ बजेसम्म २४ घण्टे निषेधाज्ञा जारी गरेको हो। हालसम्म सुनसरी जिल्लामा मात्र १६ हजार मानिस डेंगीबाट संक्रमित छन् भने यो संख्या झनै बढ्दो क्रममा छ।

पछिल्लो समय धरानमा डेंगी रोगका कारण हजारौ संक्रमित भएका छन् भने हालसम्म १२ जनाको मृत्यु भइसकेको छ।
अहिले धरानक अधिकांश अस्पतालहरु डेंगी रोगका बिरामीहरुले भरिएका छन् ।

गत श्रावण २६ मा बसेको जिल्ला विपद व्यवस्थापन समितिको निर्णयले धरानलाई डेंगी सङ्क्रमण नियन्त्रणमा नआउन्जेल “जनस्वास्थ्य आपतकालीन अवस्था´´घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गरेको थियो।

धरानका उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ले धरानभित्र डेंगी संक्रमण रोक्न लार्भा मास्ने अभियान निरन्तर चलाइरहेको छ। यद्यपि हालसम्म पनि डेंगी नियन्त्रणमा आउन नसकेको कारण निषेधाज्ञा जारी गर्नुपरेको हो।

यहि अवस्थामा प्रशासनले धरानको धार्मिक, जातीय र जनस्वास्थ्य संकट तथा शान्ती सुरक्षालाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरेको छ। सो अवधिमा निषेधित क्षेत्रभित्र कुनैपनी सामाजिक, धार्मिक , राजनैतिक , सांस्कृतिक कार्यक्रम तथा सभा सम्मेलन वा कुनै र्याली आयोजना नगर्न प्रशासनले अनुरोध गरेको छ।
साथै सुचनाको उल्लंघन गरि निषेधित कुनै कार्य गरेको पाइएमा कार्वाही गर्ने भनेको छ।


क्याटेगोरी : राजनीति, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!