Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अब आफ्नो कागजातमा नामथर र उमेर फरक परेमा सच्याउन मिल्ने


जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नागरिकता आदिमा नाम, थर, उमेरजस्ता विवरण गल्ती भएमा सच्याउन मिल्ने गरि नयाँ नियम आएको छ।

सरकारले यससम्बन्धी नियमावली संसोधन गरि फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ।

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले उमेर , नाम र थर सच्याउने ( तेस्रो संशोधन ) नियम २०८० संशोधन गरेको हो। संशोधित नियमाअनुसार अब यसअघिका जुनसुकै कागजात पनि सच्याउन सकिनेछ।

यस अघि प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र गल्ती भएमा दर्खास्त दिई सच्याउन मिल्ने प्रावधान भएकोमा अबदेखि ५ बर्षसम्म समय बढाइएको छ।

तर ५ बर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको मितिले १ बर्षभित्र दर्खास्त दिए सच्याउन सकिने प्रावधान उल्लेख छ।


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!