Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

सोलुखुम्बुको दिप्लीमा बाढीले बेलिबृजमा पुर्यायो क्षति


लगातारको बर्षासङ्गै आएको बाढीले सोलुखुम्बु दिप्लीको बेलिबृजमा क्षति पुगेको छ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने बेलिबृजमा बिहिबार आएको बाढीले थुलुङ दुधकोशीपट्टीको पुलको जग बगाएको छ।

दिप्लीको सो बेलिबृज सोताङ र महाकुलुङ जाने मुख्य मुख्य पूल भएकोले अहिले त्यहाँ सवारी आवतजावत ठप्प भएको छ।
सोताङ र महाकुलुङका मानिसले सदरमुकाम सल्लेरी र राजधानी आउन त्यही पुलको प्रयोग हुन्छ। तर पुलको जग नै बगाएपछि दुवै गाउँपालिकाबाट राजधानी आउने गाडीहरु दिप्ली पारी नै थन्किएका छन् ।

बिहिवारदेखि अविरल परेको वर्षा अहिलेसम्म नरोकिएको हुनाले आवश्यक सतर्कता अपनाउन सोलुखुम्बु जिल्लाबाट निर्वाचित हाल प्रदेश सांसद गोम्बु शेर्पा ( कर्ज्याङ) ले आग्रह गर्नुभएको छ।

सांसद शेर्पाले सवारी आवातजावतको लागि यथाशीघ्र वैकल्पिक मार्ग तयार गरि थुलुङ, सोताङ र महाकुलुङ गाउँपालिका ३ वटै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई माग गरेको छ।


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!