कोरोनाबाट ४ सय ५५ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ । देशभरि आज ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ८ सय २९ नमुनाको परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ३ सय २ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।
हाल ५ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया