Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

उपराष्ट्रपति स्वदेश फिर्ता


उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उहाँ गत साउन २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रर्दशनी तथा मेलामा सहभागिता जनाउनुभएको थियो ।

उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनुहुन्थ्यो ।

काठमाडौँ, ४ भदौ :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!