Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा


सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारीे दिनुभयो ।

अहिले तत्कालका लागि विस्थापितहरुलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ । पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ । पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!