सुन प्रकरणमा थप ४ चिनियाँ पक्राउ

श्रावण ३ गते बरामद भएको सुन प्रकरणमा प्रहरीले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रिय अनुसन्धानका ब्युरोका प्रवक्ता डिआइजी कुबेर कठायतका अनुसार सीआइबीले काठमाडौंबाट ती चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुको नाम खुलाइएको छैन।उनिहरु चारै जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
अदालतमा उनिहरुलाई ५ दिनसम्म हिरासतमा राख्न अनुमती माग गरिएको छ। यसअघि पक्राउ परेकालाई पनि ५ दिन हिरासतमा राखिएको थियो।
श्रावण ३ गते सिनामंगलबाट बरामद गरिएको सुनलाई मंगलबार गालिएपछि सो सुनको तौल ६० के जी र सात सय १३ ग्राम भएको हो।
सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म १७ जनालाई पक्राउ गरि सीआइबीमा बुझाइसकेको छ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया