Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

खेलकूद

बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

नेपाल हालसम्म बंगलादेशविरुद्ध अपराजित छ


काठमाडौं । बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । दशरथ रंगशालामा सकिएको पहिलो हाफमा नेपालले बङगलादेशमाथी २-० गोलको अग्रता बनाएको ।

पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

नेपालका लागि सबिता राना र  प्रिती राई ले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । सबिताले खेलको १४औं मिनेटमा बिमलाको क्रसमा गोल गरिन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् ।

आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।


क्याटेगोरी : खेलकूद, समाचार
ट्याग : #Football

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!