Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

अधिवक्ता भगवती पाण्डेलाई कार्वाही गर्न सरकार अघि बढ्यो।। प्रधानमन्त्रीले बोले यस्तो कुरा


गलत अभिव्यक्ति दिएकै कारण विवादमा मुछिएकी अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ। विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भगवती पाण्डेलाई कार्वाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताउनुभएको छ। उनले भगवती पाण्डेले बोलेका अभिव्यक्ति गलत भएको र यसले सिंगो आदिवासीमाथि आघात पुगेको भन्दै पाण्डेलाई कारवाही हुने बताएका हुन् ।

श्रावण ७ गते प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डेले मगर,तामाङ र मुस्लिम समुदायमा दाजुबहिनीबिचमा बिवाह हुने र यस्ले अपराधिक मानसिकता जन्माउने भनी बोलेकी थिइन् । सोही विषयलाई लिएर तामाङ , मगर र विभिन्न आदिवासी समुदायले उनको गलत अभिव्यक्तिलाई सच्च्याउनुपर्ने भन्दै उनिमाथी कार्वाहीको माग गरेका थिए। तर उनले लामो समयसम्म पनि आफ्नो अभिव्यक्तिलाई नसच्याएको र फिर्ता नगरेका कारण श्रावण १७ गते नेपाल तामाङ घेदुङ र मगर संघले टेकु प्रहरी घेराउ गरेक थिए। सो पर्दर्शनका क्रममा दर्जनौ घाइते भएका थिए। टेकु प्रहरीमा जाहेरी दिँदै गर्दा उनिलाई पक्राउ पुर्जी जारी गरि पक्राउ गरिएको भएतापनि १७ गतेको पर्दर्शनकै राती उनलाई रिहा गरिएको थियो। पर्दर्शनको क्रममा गिरफ्तारमा परेकाहरुलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै अहिले पनि थुप्रै मानिस प्रहरीको ज्यादती विरुद्ध सडकमा आन्दोलित छन् |

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!