Techie IT
  • १ चैत्र २०८१, शनिबार
Nepal Gyan

संयुक्त अरब इमिरेट्समा भीषण बर्षा


संयुक्त अबर इमिरेट्समा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।

शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ ।

सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ ।

बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर बर्षा भइरहेकोले अझे केही समय बाढीको बहाब बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!