Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

अभिनेता ताम्राकार मृत फेला


फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् ।

ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँ पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त हुनुहुन्थ्यो । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!