पासाङल्हामु सडक अवरुद्ध

रसुवा। गएराती परेको भिषण बर्षाका कारण पासाङल्हामु सडक अबरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित पासाङल्हामु सडक अन्तर्गत बेत्रावति–कालिकास्थान सडकखण्डको बनुवा भन्ने स्थानमा सडक पूणरुपमा क्षति पुग्दा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सोही पहिरोका कारण बेत्रावति-मैलुङ सडकसमेत अवरोध भएको छ । सडक सुचारुको लागि आवश्यक पहल भईरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवाको प्रमुख धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णीमाका दिन लाग्ने मेलामा जाने तीर्थयात्रीहरुलाइ सडक अबरुद्ध हुँदा मार परेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया