Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा


मङ्गलबार सडक दुर्घटनामा परी निधन हुनु भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान धनगढी रङ्गशालामा राखिएको छ ।

मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभासदस्यहरु धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनुभएको छ । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नंको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!