Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

पत्रकारलाई सत्यतथ्य समाचार लेख्न आग्रह : महामन्त्री शर्मा


नेपाली कांगे्रसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारले कसैलाई पनि भेद्भाव नगरी सत्यतथ्य समाचार लेखन तथा सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौँ जिल्ला अधिवेशन आज उद्घाटन गर्दै उहाँले प्रेस युनियनलाई मजबुत बनाइ लोकतान्त्रिक विधि र पद्धतिबाट सञ्चालन गर्न निर्देशनसमेत दिनुभयो । उहाँले अब आउने नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै लोकतान्त्रिक विधिबाट नै राष्ट्र र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको हो ।

अध्यक्षमा दाहाल निर्विरोध

नेपाल प्रेस युनियन ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित हुनभएको छ । शाखाको उपाध्यक्षहरू रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डङ्गोल र कोषाध्यक्षमा  प्रकाश थिङ निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा रहनुभएको छ । शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!