एकै दिन थप ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एकै दिन थप ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ३७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९ लाख ७१ हजार ६२० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना निको हुनेको दर ९२ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोना सङ्क्रमणका कारण थप एक जनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९७० पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७६० रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया