Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

अस्ट्रियाको अस्पतालमा आगलागी


अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्र्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो । घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!