Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त


जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताउनुभएको छ ।

प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गर्नुभएको हो ।

“गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री किशिदाले पत्रकारमाझ भन्नुभयो । यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काउनुभएको थियो । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उहाँले उनलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको हो । यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले तीक्ष्ण प्रहार गरेका थिए ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!