Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी रिहा


कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उहाँ डिल्लीबजारस्थित सदरखोरबाट रिहा हुनुभएको हो ।

चौधरीको रिहाइपछि उहाँसम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं सुभेच्छुकले स्वागत गर्नुभएको थियो । जेलमुक्त भएपछि चौधरीले माइतीघरमण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदनप्रदान गर्नुभएको थियो । उहाँ भेटघाटका लागि केहीबेर अघि कैलाली पुग्नुभएको छ ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो । राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिनुभएको हो । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरुको कैद सजाय माफ गरिएको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!