Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

छ जना सीमा सुरक्षाकर्मीको मृत्यु


दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतवार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ ।

अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम चरमपन्थी समूहका विद्रोहीसँग भिडन्त भइरहने स्थल हो ।

आइतबारको आक्रमण देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहद्वारा गरिएको जनाउँदै समाचार समिति फार्सले झडपपछि उक्त समूहका लडाका सीमा पारी भागेका जनाएको छ । यो आक्रमण हालैका महिनामा भएकामध्ये सबैभन्दा घातक हो ।

गत मार्च  ११ मा सोही क्षेत्रमा अपराधीसँग भएको झडपमा दुई जना प्रहरीले ज्यान गुमाएका सरकारी समाचार समिति इर्नाले त्यसबेला जनाएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!