Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

पर्सा बजारमा बस दुर्घटना ः ३१ जना घाइते


पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!