Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

थप ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म ९ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या १ लाख ४२ हजार ३६३ रहेको छ ।

पछिल्लो समय थप २६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३५६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा चार हजार २०३, संस्थागत आइसोलेसनमा १५३, आइसियुमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!