Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

एकको मृत्यु ,थप ५सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि


काठमाडौँ । कोरोना भाइरसबाट आज थप ५ सय ६४ जना संक्रमित भएका छन् ।

आज २ हजार ७ सय ७८ नमुनाको पिसिआर परीक्षण गर्दा ४ सय १८ जना तथा १ हजार ६ सय ७६ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा २ सय १८ जना, भक्तपुरमा १७ जना तथा ललितपुरमा ४१ जना गरी काठमाडौँ उपत्यकामा मात्रै २ सय ७६ जना संक्रमित थपिएका छन् ।

यस्तै, कोरोनाका कारण आज थप १ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरूमा कोरोनाको संक्रमण दर बढ्दै गएको र हाल संक्रमण दर १२ प्रतिशतभन्दा माथि पुगिसकेको हुनाले यसबाट बच्च स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, विभिन्न देशहरूमा महामारीको रुपमा फैलिरहेको मंकिपक्सका लक्षणहरू जस्तै ज्वरो आउने, छालामा दाग तथा डाबरहरू देखिने, टाउको दुख्ने गरेमा तत्काल एकान्त बासमा बस्न र स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

हालसम्म नेपालमा मंकिपक्स संक्रमण पुष्टि नभएको भएपनि यसको प्रतिकार्यका लागि मन्त्रालय तयारी अवस्थामा रहेको सह प्रवक्ता डा.समीर कुमार अधिकारीले बताउनुभयो ।

कोरोनाको जस्तै मंकिपक्सका अधिकांश बिरामीहरू पनि १४ देखी २१ दिनपछि आफै निको हुने र शरीरका दाग–डाबरहरू हराएर जाने हुनाले त्रसित नभए आवश्यक सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले मंकिपक्स सर्ने तरिकाबारे हालसम्म पूर्ण जानकारी प्राप्त भई नसकेको हुनाले छालामा दाग–खटिरा आएका व्यक्तिहरूले समेत आइसोलेसनमा बस्न र स्वास्थ्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!