Techie IT
  • ३१ भदौ २०८१, सोमबार
Nepal Gyan

स्वास्थ्य

मौसम अनुसार आँखामा समस्या देखिन्छ

उमेर र मौसम अनुसार आँखामा फरक-फरक समस्या देखिन्छ


काठमाडौं । मानिसको उमेर अनुसार आँखामा पनि विभिन्न समस्या देखिन्छन्। बच्चादेखि बुढाबुढीसम्म विभिन्न खालका समस्या हुन्छन्।
४० वर्ष नाघेपछि आँखामा थप विभिन्न किसिमका रोग देखा पर्छन्। उनीहरूमा मोतिबिन्दु, जलबिन्दुलगायतका रोग देखिन्छन्। हरेक उमेर समूहले आँखाको परीक्षण गर्नुपर्छ। कुनै रोग लागेकाले ६ महिनादेखि १ वर्षभित्र आँखाको परीक्षण अनिवार्य गराउनुपर्छ।

मौसम अनुसार बालबालिकालाई आँखा चिलाउने रोग हुन्छ। यस्तो समस्या अन्य उमेर समूहका व्यक्तिलाई पनि हुन्छ। काम र व्यवसायको प्रकृति अनुसार आँखाको रोग हुन्छ।

सबैभन्दा धेरै मधुमेहको रोगीलाई आँखाको  समस्या देखिन्छ। त्यस्ता बिरामीले नियमित रूपमा आँखा जचाउनुपर्छ।

पछिल्लो समय नेपालमा धेरै खाले आँखा रोगका उपचार हुन थालेका छन्। यद्यपी कतिपय आँखा रोगको कुनै उपचार सम्भव छैन।

आँखाको नानीमा कुनै किसिमको समस्या भएर आँखा नदेख्नेलाई मात्रै अरूको नानीको सहयोगले देख्न सक्ने बनाउन सकिन्छ।

कम्प्युटरको प्रयोगले पनि आँखामा विभिन्न खालका समस्या देखिएका छन्। यसको लागि चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।

 


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Health, #Polution, #Society

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!