Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब मूल्यका वस्तु आयात


गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब मूल्यका वस्तु आयात भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च मूल्यका ती वस्तुहरू आयात भएका हुन् ।

गत वर्ष नेपालबाट २ खर्ब रुपैयाँ बराबरका वस्तुको निर्यात भएको छ । आयात र निर्यातको अनुपातको आधारमा नेपालले गत बर्ष मात्र १७ खर्ब २० अर्ब ४१ करोड भन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ ।

नेपालमा आयात भएका कुल वस्तुमध्ये प्रमुख १० प्रकारका वस्तुको आयातमा मात्रै ५ खर्ब ९३ अर्ब ६९ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागका अनुसार अघिल्ला वर्षहरूमा जस्तै सो वर्ष पनि धेरै आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, खाने तेल, कोइला, सुन, स्टिल लगायत वस्तु रहेका छन् ।

नेपालबाट निर्यात हुने वस्तुहरूमा तेल, धागो, कार्पेट, टेक्स्टायल, अलैँची लगायत रहेका छन् ।

गत वर्ष सबै भन्दा धेरै आयात हुने प्रमुख वस्तुमा डिजेल रहेको छ भने अन्य वस्तुहरू पेट्रोल, कच्चा भटमास, फलाम र स्टिल, पाम तेल आदि रहेका छन् । ती वस्तुको आयातका लागि नेपालले ५१ अर्ब २९ करोड ५६ लाख ७१ हजार रुपैयाँ खर्च गर्नुपरेको छ ।

गत वर्ष उच्च आयात हुने ९ औँ वस्तुको सूचीमा सुन परेको छ । गत बर्ष ५ हजार ५३ किलो सुन आयातका लागि मुलुकबाट ३५ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । आयातको १० औँ सूचीमा भ्याक्सिन रहेको र भ्याक्सिन आयात गर्दा ३२ अर्ब रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्ष नेपालबाट २ खर्बको वस्तु निर्यात भएको छ । जसमध्ये प्रमुख १० वस्तुको स्थान १ खर्ब २७ अर्ब २८ करोड भन्दा धेरैको रहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!